अर्जेन्टिना फरवार्ड लिओनेल मेस्सी बार्सिलोना फर्किएका छन् । नयाँ सम्झौता लिएर सर्वत्र चासो बढिरहेको छ । बार्सिलोनासंगको नयाँ सम्झौताका लागि करिब नजिक रहेका मेस्सि बिहिबार नयाँ सम्झौता गर्ने बुझिएको छ । उनले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता सकिएपनि राष्ट्रिय टोलीमा ध्यान दिने जनाउँदै नवीकरण गर्न मानेका थिएनन् । उनले क्लबमा नयाँ अध्यक्ष आएपछि आफू अन्यत्र नजाने विश्वास भने क्लबलाई दिलाएका थिए ।
क्लब र खेलाडीबीच नयाँ सम्झौताका लिग मौखिक सहमति भएपनि आज भने औपचारिक रुपमा सम्झौता हुन लागेको हो । मेस्सीले नयाँ सम्झौता गरेसँगै बार्सिलोनाले लामो समयदेखि उनलाई क्लबमा राख्न गरेको कसरत सार्थक हुनेछ । मेस्सीले ३ वर्षभन्दा बढी समयका लागि सम्झौता गर्ने बुझिएको छ ।
आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलोनाले ला लिगाबाट केहि रकम पाउने पक्का भएपछि अनुबन्ध प्रक्रियाले गति लिएको हो । अमेरिकी लगानीकर्ता संस्था सिभिसीले ला लिगामा ठूलो रकम लगानी गरेपछि हरेक क्लबझैं बार्सिलोनाले पनि केहि रकम पाएको हो । बार्सिलोनाले अझै लिगको नियम अनुसार आफ्नो तलब स्केल भने घटाउनुपर्ने दबाब छ ।
मेस्सीले क्लब अर्जेन्टिनाबाट कोपा अमेरिका उपाधि जितेसँगै दबाबबाट मुक्त भएका छन् । अन्तर्राष्ट्रिय उपाधिको खडेरीका कारण निकै आलोचना खेप्दै आएका उनले अब क्लब फुटबलमा ध्यान दिन पाउनेछन् । यद्यपि उनको नजर अर्को वर्ष कतारमा हुने विश्वकपमा पनि रहनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।