डेनमार्क राष्ट्रिय टिमका मिडफिल्डर क्रिस्टियन एरिक्सन लगभग दुई महिनापछि मैदान प्रवेश गरेका छन । आफु आवद्ध रहेको क्लब इन्टर मिलानको प्रशिक्षण फार्किएका छन् । उनी बुधबारबाट क्लबको प्रशिक्षणमा फर्किएसंगै टिमका सहकर्मीले भव्य स्वागत गरेका छन् ।
दुई महिना अघि युरोकप २०२० अन्तर्गत फिनल्याण्डविरुद्धको खेलमा हृदयघात भएर मैदान बेहोस भएका एरिक्सन त्यस यता मैदान बाहिर रहँदै आएका थिए ।

क्रिस्टियन एरिक्सन
इन्टर मिलान तथा टोटनहमका पूर्व मिडफिल्डर एरिक्सन फिन्ल्याण्डबिरुद्धको समूहको पहिलो खेलको दौरान ह्रदयघातका कारण अचानक मैदानमा अचेत हुँदै लडेका थिए ।

क्रिस्टियन एरिक्सन
मैदानमा १५ मिनटको प्रारम्भिक उपचारपछि एरिक्सनलाई अस्पताल लगिएको थियो । उनी चेतमा आएको खबर आएपछि डेनमार्क र फिन्ल्याण्डबिचको रोक्किएको खेल पुनः संचालन भएको थियो ।

क्रिस्टियन एरिक्सन
यो खेल बेल्जियमले २–१ गोल अन्तरले जित्न सफल भएको थियो । त्यस पश्चात् विभिन्न तहको उपचारपछि दुई महिला यता स्वास्थ्य लाभ गरिरहेको एरिक्सन बुधबारबाट भने क्लबको प्रशिक्षणमा फर्किएको इन्टरले जनाएको छ ।

क्रिस्टियन एरिक्सन
२९ वर्षीय एरिक्सनको मुटुमा युरोकपको दौरान सो घटनापछि एक इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर ९आईसीडी० उपकरण राखिएको थियो । यो एक प्रकारको पेसमेकर जसले मुटुको नियमित लय बहाल गर्नको लागी एक झट्का निकाल्दै घातक कार्डियक अरेस्ट रोक्न सक्छ।

क्रिस्टियन एरिक्सन
उनको खेल क्यारियर को भविष्य अझै पनी अस्पष्ट छ । किनकी जब सम्म उनको मुटुमा राखिएको उपकरण निकालिल्न्न त्यतिन्जलसम्म उनलाई इटाली मा खेल्नको लागी अनुमति छैन ।

क्रिस्टियन एरिक्सन
गजेट्टा डेल्लो स्पोर्टले बुधवार सार्वजनिक गरेको एक रिपोर्टका अनुसार एरिक्सनले आफ्नो मुटुमा राखिएको आईसीडी हटाउन मिल्ने नमिल्ने बुझ्नका लागि पुनः आफ्नो स्वास्थ्य परिक्षण गराउने तयारीमा छन् ।