आयोजक जापानलाई हराउँदै स्पेनको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमामा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा जापानलाई अतिरिक्त समयमा १-० गोलले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा स्पेनका मार्को एसेन्सियो गोल गर्दै टिमलाई फाइनलमा पुर्याए । फाइनलमा स्पेनको भेट ब्राजिलसँग हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।