डिफेन्डिङ च्याम्पियन चीन जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला महिला भलिबल क्वार्टरफाइनल चरणबाट बाहिरीको छ ।
शनिबार एरिएके एरिनामा भएको समूह ‘बी’ को खेलमा चीनले शीर्ष स्थानमा रहेको इटालीमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो ।
चीनले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेटमा २६–२४ को आफ्नो पक्षमा पारेको थियो । जितका बाबजुध तीन अंकतालिकाका आधारमा प्रतियोगिताबाट बाहरीरिन बाध्य बनेको हो ।
यता हारपछि इटाली चार खेलबाट ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । यस्तै आरओसी, टर्की र दक्षिण कोरियाले शीर्ष आठ राउन्डमा स्थान सुरक्षित गरेका छन्।
समूह ए अन्तर्गतको खेलमा दक्षिण कोरियाले घरेलु टोली जापानमाथि ३-२ को सेटमा जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।