शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ओलम्पिकः विश्व किर्तिमानसहित अमेरिकी टिमलाई पौडीको स्वर्ण


  • आइतबार, साउन १७ २०७८
10.9K
SHARES

फाइल तस्विर

टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फ पौडीको ४ गुणा १०० मिटर मिड्ले रिलेमा अमेरिकी टिमले स्वर्ण पदक जितेको छ ।

आइतबार बिहान जापानको राजधानी टोकियोस्थित एक्वेटिक सेन्टरमा भएको खेलमा अमेरिकी टोलीले ३:२६-७८ सकेन्डको कीर्तिमानी समय निकाल्दै स्वर्ण जितेको हो।

सोहि खेलमा बेलायतले ३:२७-५१ सेकेन्डको समयसहित रजत जित्यो । यस्तै इटालीले ३स्२९।१७ सेकेन्डको समय निकाल्दै कास्य पदकमा चित्त बुझायो ।

यता महिलातर्फ पौडीको ४ गुणा १०० मिटर मिड्ले रिलेमा अष्ट्रेलियाले ओलम्पिक रेकर्डसहित स्वर्ण पदक जितेको छ ।

अष्ट्रेलियाको महिला टिमले ३:५१-६० सकेन्डको समय निकाल्दै ओलम्पिक रेकर्डसहित स्वर्ण जित्दा अमेरिकाले ३स्७१।७३ सेकेन्डसहित रजत जित्यो ।

क्यानडाले भने ३:५२-६० सकेन्डसहित कास्य पदकमा चित्त बुझायो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा