शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ओलम्पिक दौड शुरु हुन एक घण्टाअघि केन्याली धावकलाई सहभागिताबाट रोकियो


  • आइतबार, साउन १७ २०७८
14.3K
SHARES

फाइल तस्विर

दौड शुरु हुनुभन्दा एक घण्टा अघि सार्वजनिक गरिएको ड्रग टेष्टमा फेल भएपछि केन्याली स्प्रिन्टर मार्क ओटिएनोको ओलम्पिकमा स्वर्णपदक जित्ने सपना सक्किएको छ ।

मार्क ड्रग परिक्षणमा असफल भएको र ओलम्पिकको एकसय मिटर दौडमा सहभागि हुन नपाउनेबारे केन्याको खेलकुद मन्त्रालयले पुष्टि गरेको हो ।

२७ वर्षिय केन्याली मार्कको आफ्नो पहिलो ओलम्पिक सहभागिता रहेको थियो । उनीबाट केन्याले एकसय मिटर स्प्रिन्टमा निक्कै आश समेत गरेको थियो ।

उनी गत जुनमा केन्यको नैरोबीमा भएको पूर्वी अफ्रिकन राष्ट्रहरुको ट्रायलमा १०ः ०५ सेकेण्डमा दौड पूरा गर्दै टोकियो आलम्पिकको लागि छनौट भएका थिए ।

केन्याली खेलकुद मन्त्रालयले भने ओलम्पिक आयोजक कमिटीसँग पुनः एकपटक मार्कको ड्रग टेष्ट गर्न अपिल गरेको छ ।

केन्याली ओलम्पिक कमिटीले भने जुन २८ मा गरिएको मार्कको पहिलो टेष्टको नतिजामा उनको युरिनमा ड्रग रहेको नतिजा आएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा