शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

गौरिका सिंहको राष्ट्रिय कीर्तिमान


  • बुधबार, साउन १३ २०७८
13.9K
SHARES

फाइल तस्विर

टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

बुधबार भएको महिला १०० मिटर फ्रि-स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् । उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन् ।

गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।

२०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

ब्राजिलमा भएको ओलम्पिकको अघिल्लो संस्करणकी सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा कमाएकी गौरिकाले आफ्नो हिटमा प्रथम स्थान हासिल गरेकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा