एजेन्सी। नेदरल्यान्डका रेफ्री वियोर्न काइपर्सले युरोपियन च्याम्पियनसिपको फाइनल खेल खेलाउने भएका छन्।
आइतबारराति हुने युरो–२०२०को फाइनलमा इङ्ल्यान्ड र इटालीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
युरोपियन च्याम्पियनसिपको फाइनल खेलाउने काइपर्स नेदरल्यान्ड्सका पहिलो रेफ्री हुन्।
२०१४ विश्वकपको समूह चरणमा इङ्ल्यान्ड र इटाली भिड्दा पनि ४८ वर्षे काइपर्सनै रेफ्री थिए।
उक्त खेलमा इटाली २–१ ले विजयी भएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।