गोलकिपर इमिलियानो मार्टिनेज कोपा अमेरिकाको सेमिफाइनलमा कोलम्बियाविरुद्ध तीन पेनाल्टी बचाइदिएपछि अर्जेन्टिनी फुटबलमा मेसीपछिका नया स्टारको रुपमा उदाएका छन ।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने । उनले कोलम्बियाको तीन वटा प्रहार बचाए । गोलरक्षक इमिलियानोले डाभिन्सन सान्चेज, यारी मिना र इडविन कोर्डोनाको प्रहार बचाएका थिए ।
कोलम्बियालाई ३–२ ले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको छ। जीतपछि कप्तान मेसीले भने, ‘‘परिस्थिति जटिल थियो। तर हामीसँग मार्टिनेज थिए। उनी असाधारण छन्। हामीले उनलाई विश्वास गर्यौं। उनले हाम्रो लक्ष्य पुरा गरे।’’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।