शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पहिलो हाफमा इङ्गल्याण्ड र डेनमार्कको बराबरी


  • बिहिबार, असार २४ २०७८
10.5K
SHARES

युरोकप २०२०

युरोकप २०२० को जारी दोश्रो सेमिफाइनलको पहिलो हाफमा इङ्गल्याण्ड र डेनमाकबिचको खेल बराबरी भएको छ ।

इङ्गल्याण्डको वेम्ब्लेमा जारी युरोकपको दोश्रो सेमिफाइनल खेलमा डेनमार्कले पहिलो हाफमा १–१ गोलको बराबरी भएको हो ।

खेलको ३०औं मिनटमा पाएको फ्रिकिकमा युवा मिकेल डाम्सगार्डले वालमाथिबाट सुन्दर कर्ल किकलाई गोलमा परिणत गर्दा डेनमार्कले इङ्गल्याण्डमाथि अग्रता बनाएको थियो ।

खेलको ३९ औं मिनेटमा डेनमार्कका सिमोन काइरले आत्मघाती गोल गरेपछि इङ्गल्याण्डले पहिलो हाफअघि १–१ गोलको बराबरी गर्ने मौका पायो । इङ्गल्याण्डका बुकायो साकाको क्रसमा सिमोनले आफ्नै पोष्टमा गोल गर्दा पहिलो हाफमा बराबरी भएको हो ।

यसअघि यी दुईबिच भएको ६ वटा खेलमा इङ्गल्याण्डले जम्मा एक खेलमा जित निकालेको थियो भने डेनमार्कले २ खेलमा नतिजा आफ्नो पक्षमा पारेको थियो भने तीन खेलको नतिजा बराबरी भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा