ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि विश्व फुटबलका दुई ‘पावर हाउस’ देशहरू ब्राजिल र अर्जेन्टिनाको महाभिडन्त हेर्न पाइने भएको छ ।
अर्जेन्टिनाले कोलम्बियाविरुद्ध निर्धारित समयमा १–१ को बराबरी खेल्दै पेनाल्टी सुटआउटमा ३–२ को जित निकालेको थियो ।
अघिल्लो दिन ब्राजिलले पेरुमाथि १–० को कठिन जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
कोपा अमेरिका क्षेत्रका दुई सबसे ठूला र कट्टर प्रतिस्पर्धी टोलीबीचको फाइनल भेट तय भएपछि कोपाको फाइनल खेलमाथि अब दुनियाँको नजर पर्ने भएको छ । यो केवल ब्राजिल र अर्जेन्टिनाको मात्रै भिडन्त हुनेछैन, यो नेइमार र लिओनल मेस्सीबीचको व्यक्तिगत भिडन्त पनि हुनेछ ।
सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा ४ वर्ष सँगै खेलेका नेइमार र मेस्सी यसपटक कोपाको फाइनलमा एकअर्काविरुद्ध भिड्ने भएका छन् । यसर्थ पनि कोपाको यो फाइनल खास हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।