अर्जेन्टिना सन् २०१६ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो ।
अब शनिबार अर्जेन्टिनाले आफ्नो १५ औँ कोपा अमेरिकाको उपाधिको लागि चिर प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ । दुई टोली सन् २००७ पछि पहिलो पटक फाइनलमा भिड्न लागेका हुन । खेल रोमाञ्चक र कडा प्रतिस्पर्धात्मक बन्ने निस्चित छ ।
कोलम्बियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना पेनाल्टीमा ३–२ गोलले विजयी बनेको हो ।
निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलमा अर्जेन्टिनाले शुरुवातमा नै लाउटारो मार्टिनेजको गोलले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा लुइस डियाजले बराबरी गोल फर्काएका थिए ।
दुई टोली सन् २००७ पछि पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।