भारतीय क्रिकेटर हरभजन सिंहको जन्मदिनको अवसर पारेर टफेनड स्टूडियोले ‘फ्रेण्डसिप’ नामक फिल्मको घोषणा गर्दै उनको फिल्मको डेब्यू घोषणा गरेको छ । फिल्ममा अर्जुन र लोसलियाको पनि प्रमुख भूमिकामा अभिनय रहनेछ ।
निर्माताहरुले सिंह र उनका साथीका साथ ‘रापचिक’ अवतारको एक पोस्टरसँगै लिरिकल भिडियो पनि सार्वजनिक गरेका छन् । हरभजनले यसअघि स–सानो भूमिका र अतिथि भूमिकामा फिल्ममा अभिनय गरिसकेका छन् । तर पूर्ण रुपमा ‘हिरो’को रुपमा भने यो नै उनको पहिलो हो ।
हरभजन विशेष गरी पञ्जाबमा लोकप्रिय छन् । सन् २०१८ मा चेन्नई सुपर किंग्स आइपीएल टिममा उनको प्रदर्शनका कारण उनी भारतमै लोकप्रिय बने । उनले अभिनय गर्ने लागेको यो फिल्मले दोस्ती, एक्शन, खेल र भावनालाई समेटेर सामाजिक विषयवस्तु देखाउनेछ ।
यसै वर्ष रिलिज हुने यो फिल्म हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज हुनेछ । फिल्ममा जोन पल राज र शाम सूर्याको निर्देशन हुनेछ । फिल्ममा किरण रेड्डी मण्डाडी निर्माता र राम मद्दुकुरी सहनिर्माता छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।