ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको गोल्डेन बुटमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी अग्रस्थानमा देखिएका छन् ।
प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भइरहँदा मेस्सी चार गोल गर्दै अग्रस्थानमा छन् ।
अर्जेन्टिनाका कप्तान मेस्सीले ५ खेलमा ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा छन् । उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन् ।
गोल्डेन बुटको होडमा ब्राजिलका नेयमार पनि रहेका छन् । उनले ४ खेलमा २ गोल गरिसकेका छन् । उनले दुई असिस्ट गरेका छन् ।
यस्तै पेरुका जियानलुका लापाडुलाले पनि ५ खेलमा २ गोल गरेका छन् । अर्जेन्टिनाकै पापु गोमेज, लाउटरो मार्टिनेज र पेरुका आन्द्रे कारिलोले पनि २/२ गोल गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।