उरूग्वेलाई पेनाल्टीमा हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान सम्पन्न क्वाटर फाइनलमा उरुग्वेलाई पेनाल्टीमा ४-२ ले हराउँदै कोलम्बियाले अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टीमा दोस्रो र चौथो पेनाल्टी प्रहार गरेका उरुग्वेका खेलाडीको बल कोलम्बियाका गोलरक्षकले रोक्न सफल भए । कोलम्बियाका चार खेलाडीले लगातार गोल गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।