एजेन्सी-जारी युरो २०२० फुटबल प्रतियोगितामा पोर्चुगल अन्तिम १६ बाट आउट भयो । साबिक च्याम्पियनलाई बेल्जियमले १–० को अन्तरमा हराएर उपािध होडबाट बाहिर पठायो । तर, पोर्चुगलका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो भने अझै पनि युरो कपको बेस्ट खेलाडीको सूचीमा सबैभन्दा अगाडि देखिएका छन् । बेस्ट खेलाडीको सूचीमा रहेका टप–५ खेलाडीमध्ये गोलमा रोनाल्डो १ नम्बरमै छन् ।
युइएफएले आफ्नो अफिसियल वेबसाइटमा जारी प्रतियोगिताका लागि उत्कृष्ट खेलाडीको सूची प्रकाशित गरेको छ, जसमा उमेरले ३६ वर्षिय पोर्चुगलका कप्तान रोनाल्डो सबैभन्दा शिर्ष स्थानमा रहेका छन् । टिम प्रि–क्वार्टरफाइनलबाटै आउट भए पनि रोनाल्डो क्वार्टरफाइनल चरणका खेल नहुँदासम्म बेस्ट खेलाडीको वरीयतामा १ नम्बरमा रहेका छन् ।
रोनाल्डोले अन्तिम १६ बाट आउट हुँदासम्म ४ खेलबाट कूल ५ गोल र १ असिस्ट गरेर सोझै ६ गोलमा योगदान दिए, जुन अन्य कुनै पनि खेलाडीको भन्दा सर्वाधिक हो । उनले पहिलो खेलमा हंगेरीविरुद्ध २ गोल गर्दा त्यसपछि जर्मनीविरुद्ध १ गोल र फ्रान्सविरुद्ध पनि २ गोल गरेका थिए । यस युरोमा पोर्चुगलले गरेका कूल ७ गोलमध्ये रोनाल्डो एक्लैले ५ गोल गरेका छन् ।
युइएफएले युरो कपमा उत्कृष्ट खेलाडीको वरीयता कायम गर्न दिएको अंक अनुसार रोनाल्डोले कूल ८८८२९ अंक पाएका छन् । उनले अन्तिम खेलमा बेल्जिमविरुद्ध पूरा समय खेल्दा दुई सट अन टार्गेट हानेका थिए भने उनका ३ सट ब्लक भएका थिए । उनले सो खेलमा ३ राम्रा अवसर सिर्जना सिर्जना गरेका थिए । तर, त्यसमा कुनै पनि सहकर्मी सफल भएका थिएनन् ।
रोनाल्डोछि दोस्रो स्थानमा क्वार्टरफाइनल पुगेको चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिक रहेका छन् । उनले हालसम्म ४ गोल गरेका छन् । तेस्रो स्थानमा जर्मनीका डिफेन्डर रोबिन गोसेन्स रहेका छन् । तर, जर्मनी भने अन्तिम १६ बाट आउट भइसकेको छ ।
चौथो स्थानमा स्वीडेनका फरवार्ड आन्द्रेय यार्मोलेन्को रहेका छन् । उनी उत्कृष्ट खेलाडीको सूचीमा चौथो स्थानमा छन् । त्यसैगरी, पाँचौं स्थानमा लुका मोड्रिक गरेका छन् । अन्तिम १६ मा क्रोएसिया र स्पेन भिड्दा मोड्रिचले शादार प्रदर्शन गरेका थिए । तर, क्रोएसिया अतिरिक्त समयमा ५–३ ले पराजित भयो ।