दुई महारथी टोली इटाली बेल्जियम आज यूरो २०२० को सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दैछन् । दुई टोली मुख्य प्रतियोगिताको नकआउट चरणमा भिड्न लागेको यो पहिलो अवसर हो ।
थोर्गान हजार्डले उत्कृष्ट गोल गर्दै साबिक विजेता पोर्चुगललाई अन्तिम १६ मा पच्छ्याएर बेल्जियम क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो । तर, उक्त जीत बेल्जियमका लागि महँगो साबित भएको छ । स्टार खेलाडी केभिन डी ब्रुयना र इडेन हजार्ड चोटग्रस्त हुँदै मैदान छाड्न बाध्य बनेका छन् । फुटबल पण्डितहरू डी ब्रुयना र हजार्डको अनुपस्थित बेल्जियमका लागि समस्या हुन सक्ने बताउँछन् । डेनमार्कविरुद्ध दुई खेलाडीले सुरुवात नगर्दा पहिलो हाफमा बेल्जियम आक्रामक खेल प्रदर्शन गर्न सकेको थिएन । तर, प्रतियोगितामा चार जीत र तीन क्लिन सीट राखेको बेल्जियम अर्को चरणमा पुग्नका लागि आत्मविश्वासी रहेको छ ।
यता, इटाली कीर्तिमानी ३१ खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको पनि अन्तिम १६ मा भने इटालीले अस्ट्रियाको कडा चुनौतीको सामना गर्नुपरेको थियो । अतिरिक्त समयमा २–१ ले विजयी बन्दै टोली क्वार्टरफाइनलमा प्रवेश गरेको हो । इटालीको अपराजित यात्रालाई बेल्जियमले कडा चुनौती दिने अपेक्षा गरिएको छ ।
खेल समय : राति १२:४५ बजे हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।