ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबल अन्तर्गत समूह ए को अन्तिम खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गरेको छ । एडिनसन कभानीले पहिलो हाफमा गरेको एक मात्र गोल गोलको मद्दतमा उरुग्वे विजयी भएको हो ।
निल्टन सान्तोस स्टेडियममा भएको खेलमा कभानीले २१औं मिनेटमा पेनाल्टीमा गोल गरे ।
पाराग्वेका एन्जल रोमेरोले नाहिटन नान्डेजलाई फाउल गरेपछि उरुग्वेले पेनाल्टी पाएको थियो र त्यसमा कभानीले गोल गरे ।
यस जितपछि उरुग्वे समूह एमा ४ खेलबाट ७ अंक जोड्दै उपविजेता बनेको छ ।
उरुग्वेले अब क्वाटरफाइनलमा समूह ‘ए’ मा तेस्रो भएको कोलम्बियासँग खेल्नेछ । समूह ‘ए’ मा तेस्रो भएको पाराग्वेले भने समूह ‘बी’ मा दोस्रो भएको पेरुसँग खल्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।