साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न नकआउट चरणको खेलमा पोर्चुगललाई १-० गोलले हराउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो ।
बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । उनले ४२औँ मिनेटमा निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।
यो संगै बेल्जियमले रोनाल्डोलाई युरोकपको क्वाटरफाइनलबाट घर फर्काउन सफल भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।