शनिबार, साउन ३० २०८३
ताजा अपडेट

इटाली युरोकपको क्वाटरफाइनलमा


  • आइतबार, असार १३ २०७८
13.1K
SHARES

फाइल तस्विर

इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।

इटालीलाई जित दिलाउन दुई परिवर्तित खेलाडी फेडरिको चिसा र माटियो पेसिनाले एक/एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

खेलको ९५औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १-० गोलको अग्रता दिलाए ।  खेलको १ सय ५औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।

११४औँ मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काए पनि इटाली २-१ ले विजयी भयो ।

जितसँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा