शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्तामा रोनाल्डोले बराबरी गरे अलिको कीर्तिमान


  • बिहिबार, असार १० २०७८
14.8K
SHARES

फाइल तस्विर

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानी खेलाडी अलि दाईको कीर्तिमानसँग बराबरी गरेका छन् ।

फ्रान्स विरुद्ध जारी समूह एफको तेस्रो चरणको खेलमा दोस्रो गोल गरेसँगै स्टार फरवार्ड रोनाल्डोले अलिको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

युरो २०२० मा मात्रै रोनाल्डोले पाँच गोल गरिसकेका छन् । हंगेरीविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले दोस्रो खेलमा जर्मनीविरुद्ध एक गोल गरेका थिए ।

त्यस्तै अहिले जारी खेलमा फ्रान्सविरुद्ध उनले दुई गोल गरिसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा