शनिबार, साउन ९ २०८३
ताजा अपडेट

युरोकपअन्तर्गत आजका दुई खेल


  • आइतबार, असार ६ २०७८
15.3K
SHARES

युरोकप

१६ औं संस्करणको युरोकप फुटबलमा (आज) आइतबार दुई खेलहरु रहेका छन् ।

युरोकपको समूह चरण अन्तर्गत आज समूह ए को दुई खेल रहेको छ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ ।

रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटालीले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा इटालीले टर्कीलाई ३ – ० ले हराएको थियो ।  यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३ – ० गोल अन्तरले नै हराएको थियो ।

वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २ – ० गोल अन्तरले पराजित गरेको थियो ।

यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९:४५ बजे सुरु हुनेछ ।

जित निकाल्दै स्वीजरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ । स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।

टर्की भने पहिलो अंकको खोजीमा हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा