शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

डेनमार्कका मिडफिल्डर एरिक्सन अस्पतालबाट डिस्चार्ज


  • शनिबार, असार ५ २०७८
12.1K
SHARES

क्रिष्टियन एरिक्सन

युरोकप फुटबलमा खेल्दा खेल्दै अचेत भएर ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एरिक्सन शुक्रबार अस्पतालबाट डिस्चार्ज भएको डेनिस एफएले जनाएको छ । एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसीडी) समेत जडान गरिएको छ ।

युरोकप फुटबल अन्तर्गत गत शनिबार फिनल्याण्डविरुद्धको खेल दौरान उनी हृदयघात भएर मैदानमा ढलेका थिए । सो खेलमा डेनमार्क १-० ले पराजित भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा