कोपा अमेरिका-२०२१ अन्तर्गत शनिबार बिहान अर्जेन्टिना र उरुग्वे प्रतिस्पधा गर्दै छन् ।
एस्टिडियो नासियोनाल डि ब्राजिलियामा खेलिने समूह बीको खेल नेपाली समय अनुसार बिहान ५ः४५ बजेबाट शुरु हुने छ ।
अर्जेन्टिना सोमबार मार्टिन लासार्टको चिलीविरुद्ध १–१ को बराबरी खेल्दै यस खेलमा फर्किएको छ । अर्जेन्टिनाका लागि बार्सिलोना सुपरस्टार लियोनेल मेस्सीले पहिलो हाफमा गरेको गोल एटलेटिको मिनिरोका फावर्ड एड्वार्डो वर्गासले दोस्रो हाफमा फर्काउदै अर्जेन्टिनालाई ३ अंक जोड्नबाट रोकेको थियो । शनिबारको खेलमा ल्याटिन अमेरिकी पावर हाउसको लक्ष्य स्पस्ट ३ अंक जोडेने हुने छ ।
अर्कोतर्फ उरुग्वे फिफा वर्ल्ड कप क्वालिफाइ खेलमा मंगलबार जोसे पेसेरोको भेनेजुएलाविरूद्ध गोल रहित बराबरीमा रोकिएको थियो । लुइस सुआरेज र फेडरिको भल्भर्डेको अथक प्रयासका बिच उरूग्वेले आफु अनुकुल नतिजा निकाल्न सकेको थिएन । यस खेलमा सुआरेज आफु अनुकुल नतिजा निकाल्ने योजनामा हुने छन् ।
यस खेललाई पूर्व सहकर्मी मेस्सी र सुआरेज बिचको भिडन्तको रुपमा समेत हेरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।