शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रोनाल्डो पछि पोग्बाले हाइनिकेन बियरको बोतल हटाएर चर्चामा


  • बुधबार, असार २ २०७८
15.7K
SHARES

फाईल तस्बिर

क्रिष्टियानो रोनाल्डोले पत्रकार सम्मेलनको दौरान कोकाकोलाको दुईवटा बोत हटाएर कोक कम्पनीलाई ४ बिलियन अमेरिकन डलरको घाटा भएको खबर सेलाएको एक दिन नबित्दै पोल पोग्बा पनि उस्तै घटनाका कारण चर्चामा आएका छन् ।

रोनाल्डोले मंगलबार हङ्गेरीबिरुद्धको खेल जिते लगतै भएको पत्रकार सम्मेलनमा आफ्नो अघि राखिएको कोकाकोलाको दुई वटा बोतल हटाएर पानी झिकेर सेवन गरेका थिए ।

मंगलबार राति नै जर्मनीबिरुद्ध फ्रान्सले १–० गोल अन्तरको जित निकालेसँगै भएको पत्रकार सम्मेलनमा फ्रेन्च पोग्बाले आफू अघि राखिएके चर्चित बियर हाइनिकेनको बोतल हटाएका थिए ।

रोनाल्डोको कोक क्रियाकलाप भाइरल भएपछि पोग्बाको हाइनिकेन बियर बोतल हटाएको तस्विर अहिले पुनः चर्चामा आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा