शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रोनाल्डोले बोतल हटाउँदा आधा घण्टामै कोकाकोलालाई ४ बिलियन डलरको घाटा


  • बुधबार, असार २ २०७८
20.4K
SHARES

फाइल तस्बिर

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले  पत्रकार सम्मेलनको दौरान टेबलमाथि राखिएको कोकाकोलाको बोतल हटाएपछि कोकाकोला कम्पनीको अन्तराष्ट्रिय शेयर मुल्यमा भारी गिरावट आएको छ ।

मंगलबार रोनाल्डोले अन्तराष्ट्रिय सफ्ट ड्रिङ्क कम्पनी कोकाकोलाको दुइवटा बोतल आफू बसेको टेबलबाट हटाउँदा मात्रै कोकाकोलालाई आधा घण्टा समयको फरकमा ४ बिलियन डलरको नोक्सान भएको हो ।

युरोपियन बजारमा दिउँसो तीन बजे शेयर बजार सूचरु हुँदा कोकाकोलाको प्रति शेयर मुल्य ५५ दशमलब १० अमेरिकी डलर रहेकोमा त्यसको ठिक आधा घण्टापछि रोनाल्डोले बोतल आफू सामुबाट हटाउँदै ५५ दशमलब २२ अमेरिकी डलरमा झरेको थियो ।

स्पेनिस कोकोकोला आउटलेट मार्काका अनुसार रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदा कम्पनीलाई ४ बिलियन डलर बराबरको घाटा पुगेको छ ।

रोनाल्डोले पत्रकार सम्मेलनमा कोकाकोलाको बोतल हटाउँदै पानी झिकेर खाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा