शनिबार, साउन ३० २०८३
ताजा अपडेट

युरोकपमा स्लोभाकियाको विजयी सुरुवात


  • मंगलबार, असार १ २०७८
8.2K
SHARES

फाइल तस्बिर

स्लोभाकियाले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोलले हराउँदै स्लोभाकियाले विजयी सुरुवात गरेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८औँ मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको हो ।

स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा ल्याए । तर, मिडफिल्डर ग्रिजोर्ज क्रिजोयिक ६२औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि पोल्याण्डले अर्को गोल खायो ।

६९औँ मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २-१ को जित दिलाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा