शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

जोकोभिचले जिते फ्रेन्च ओपन


  • सोमबार, जेष्ठ ३१ २०७८
9.1K
SHARES

फाइल तस्बिर

विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै ग्राण्ड्सलाम उपाधि संख्या १९ पुर्‍याएका छन्।

सर्बियन खेलाडी जोकोभिचले ग्रीसका स्टेफानोस सिसिपासलाई रोमाञ्चक खेलमा ३-२ ले हराएर उपाधि जिते । उनले रोनाल्ड ग्यारोमा उपाधि जितेको यो दोस्रो पटक हो ।

सुरुआती दुई सेट गुमाए पनि शानदार पुनरागमन गर्दै जोकोभिचले जित हात पारे । पहिलो पटक ग्राणड्सलाम फाइनल पुगेका सिसिपासले दुई सेट ७-६, ६-२ ले जित्दै खेलमा अग्रता बनाएका थिए । उनी उपाधि जित्नबाट एक सेट टाढा थिए । तर जोकोभिचले त्यसपछि पुरनागमन गर्दै तीन सेट ६-३, ६-२, ६-४ ले आफ्नो पक्षमा पारे ।

फ्रेन्च ओपन उपाधिसँगै जोकोभिक सर्वाधिक ग्राण्ड्सलाम जित्ने रोजर फेडेरर र राफेल नाडलभन्दा एक उपाधिले मात्र पछि छन् ।

फेडेरर र नाडालले समान २० ग्रान्डस्लाम जितेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा