यूरो कप फुटबल अन्तगर्गत इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ ।
१६ औं संस्करणको यूरोकप अन्तर्गत इंग्ल्याण्डले आइतबार भएको खेलमा क्रोएसियालाई १–० ले गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको क्रोएसिया दोस्रो हाफमा पछाडि परेको हो । वेम्बली रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जितका लागि रहिम स्ट्रलिङले निर्णायक गोल गरे । खेलको ५७ औं मिनेटमा काल्भिन फिलिप्सको पासमा स्ट्रलिङले गोल गरेका हुन् ।
पहिलो खेलमा विजयी हुँदै इंग्ल्यान्डले तीन अंक जोडेको छ । यो जितसँगै इंग्ल्यान्ड समूह ‘डी’ को शीर्ष स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।