शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फिनल्याण्डले डेनमार्कलाई हरायो, बेहोस खेलाडी एरिक्सनको स्वास्थ्यमा सुधार


  • आइतबार, जेष्ठ ३० २०७८
12K
SHARES

फाइल तस्बिर

फिनल्याण्डले १६औँ संस्करणको युरोकप फुटबलमा डेनमार्कलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

कोपनहेगनमा शनिबार राति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० गोलले हराएको हो ।

फिनल्याण्डको जितमा जोएल पोहनपालोले ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ७४औँ मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए । युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो ।

फिनल्याण्डले ऐतिहासिक जित निकाल्दा डेनमार्कले भने दुखद घटनाको सामना गर्नु परो । डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन बेहोस भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो । खेलको ४३औं मिनेटमा एरिक्सन अचेत भएका थिए ।

उनलाई आकस्मिक उपचारका लागि अस्पताल लगिएको थियो । पछि उनको होस खुलेपछि खेल फेरि शुरू भएको थियो । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको डेनिस फुटबल एसोसियनले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा