शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एरिक्सनको अवस्था स्थिर, दुवै टोली र खेल अधिकारीहरु छलफलमा


  • शनिबार, जेष्ठ २९ २०७८
10.5K
SHARES

फाइल तस्बिर

डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको हो ।

एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको थियो । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।

खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए । टेलिभिजन फुटेजमा उनको छातीमा मेडिकल टिमले दबाब (सीपीआर) दिइरहेको देख्न सकिन्थ्यो । मैदानमा उपस्थित दर्शक घटनाले स्तब्ध बनेका थिए भने उनका समकक्षीहरु आँशु थाम्न सकिरहेका थिएनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा