शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

होसमा आए एरिक्सन


  • शनिबार, जेष्ठ २९ २०७८
14.5K
SHARES

फाइल तस्बिर

एजेन्सी –युरोपेली च्याम्पियनसिप अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच जारि खेलमा एक्कासी मैदानमा ढलेका मिडफिल्डर क्रिस्टियन एरिक्सन होसमा आएका छन् । यूईएफएले एरिक्सन होसमा आएको र अस्पताल लागिएको बताएको छ।

पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए । बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर ९कार्डियो पल्मोनरी रिससिटेसन० पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।

यूईएफएले केहिबेर अघि मात्र एरिक्सनको अवस्थाबारे जानकारी दिँदै होसमा आएको जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र अस्पतालमा लागिएको युइएफएले जानकारी दिएको छ । खेलको बारेमा भने केहिबेरमा निर्णय हुने जनाईएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा