बुधबार, असार ९ २०७८
ताजा अपडेट

अष्ट्रेलियासँगको खेलमा युवा खेलाडीले डेब्यू गर्न सक्छन् : प्रशिक्षक अलमुताइरी


  • KTM Khabar
  • बिहिबार, जेष्ठ २७ २०७८
1.5K
SHARES

फाइल तस्विर

विश्वकप र एसियाकप छनोटको दोस्रो चरणको अन्तिम खेल नेपालले शुक्रबार अष्ट्रेलियासँग खेल्दैछ ।

खेलअघि बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले उक्त खेलमा नतिजाको वास्ता नगरी राम्रो खेल्ने बताए । ‘हामीले अर्को राम्रो खेल खेल्नुपर्ने छ । हाम्रो लक्ष्य नतिजा भन्दा पनि राम्रो खेल खेल्ने हो,’ उनले भने ।

अलमुताइरीले नेपालको खेल्ने शैलीमा फरक आएको पनि बताए ।  ‘नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, खेल्ने शैलीमा केही परिवर्तन भएको छ’ उनले भने । प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा पनि राम्रो प्रदर्शन गर्दै समर्थकलाई खुशी दिएको बताए ।

उनले अष्ट्रेलियासँगको खेलमा नयाँ खेलाडीले अवसर पाउन सक्ने पनि बताए । नेपाली टिममा रहेका आयुष घलान, सुरजज्यू ठकुरी र कमल थापाले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए । तर उनीहरुले डेब्यू गर्न बाँकी छ ।

‘कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । युवा खेलाडीलाई पनि डेब्यूको अवसर हुन सक्छ । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नुपर्छ । हामी हेर्छौँ । भोलिको खेलमा सुरुवात त गर्दैनन् तर अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन’ उनले भने ।

नेपाली टिममा पहिलो पटक परेका मनिष डाँगी र गौतम श्रेष्ठले भने इराकविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए ।

प्रशिक्षक अलमुताइरीले जुलाईमा केही मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिँदै अब साफ च्याम्पियनसिपको तयारीमा लग्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा