बुधबार, असार ९ २०७८
ताजा अपडेट

जोर्डनसँगको खेलपछि नेपालका प्रशिक्षक भन्छन्- पेनाल्टीले सबै कुरा परिवर्तन भयो


  • KTM Khabar
  • मंगलबार, जेष्ठ २५ २०७८
1.7K
SHARES

जोर्डन

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गर्‍यो।

सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालले ३-० को हार बेहोरेको हो।

जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए।

त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो।

उनले खेलको ४८ मिनेटमा टिमको अग्रता दोब्बर पारे। उनले हानेको फ्रिकिक सिधैं जाली चुमेको थियो।

जोर्डनका लागि तेस्रो गोल अबोउ अल अरबले गरे। उनले खेलको ६७ मिनेटमा गोल गरेका थिए।

खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो हाफमा जोर्डनले पाएको पेनाल्टीले खेलमा सबै कुरा परिवर्तन भएको प्रतिक्रिया दिए।

‘हामीले राम्रो खेल्यौं। खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। तर पेनाल्टीले खेल परिवर्तन भयो। पेनाल्टीपछि जोर्डनमा आत्मविश्वास आयो,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा