बुधबार, असार ९ २०७८
ताजा अपडेट

विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै


  • KTM Khabar
  • सोमबार, जेष्ठ २४ २०७८
1.7K
SHARES

फाइल तस्विर

विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि सुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह ‘बी’ का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ ।

नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ । एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्नका लागि नेपाललाई आज जित आवश्यक छ । तर जोर्डन नेपालभन्दा बलियो टोली हो र अहिलेसम्म नेपालले जोर्डनलाई पराजित गर्न सकेको छैन । छनोटकै अवे खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन बलियो टोली भएपनि जितकै लागि खेल्ने बताएका छन् । उनले आइतबारको प्रिक्याच कन्फ्रेन्समा हरेक खेल ०–० बाट सुरु हुने भन्दै जितकै लक्ष्य राखेर मैदान उत्रिने बताएका थिए ।

यसअघि चाइनिज ताइपेईविरुद्ध गरेको अध्ययनले जित सम्भव भएको भन्दै अलमुताइरीले जोर्डनविरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा