शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बार्सिलोनाका स्टार खेलाडी सर्जी रोबर्टो पक्राउ


  • आइतबार, जेष्ठ २३ २०७८
12K
SHARES

सर्जी रोबर्टो/फाइल तस्विर

स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार खेलाडी सर्जी रोबर्टो पक्राउ परेका छन् । कोरोना महामारीका बीच आयोजित पार्टीमा सहभागी भएको आरोपमा ग्रिस प्रहरीले स्पेनिस स्टार रोबर्टोलाई पक्राउ गरेको हो ।

ग्रिसको माइकोनोसमा सयौँको सङ्ख्यामा रहेका मानिसबीच पार्टीको आयोजना भएको थियो । जसमा स्वास्थ्य मापदण्डको पालना कसैले पनि गरेको पाइएको थिएन ।

मास्क नलगाइ, सामाजिक दुरीपालना नगरी नाचगान हुँदै गरेको अवस्थामा प्रहरीले रोबर्टोसहित अरूलाई पक्राउ गरेको बताइएको छ । ग्रिसले कोरोनाका कारण भीडभाड हुनेगरी सभा–समारोह नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा