शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कार्लो एन्सेलोटी बने रियल मड्रिडको मुख्य प्रशिक्षक


  • बुधबार, जेष्ठ १९ २०७८
11K
SHARES

फाइल तस्विर

इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्।

रियलले मंगलबार आफ्ना पूर्व प्रशिक्षक एन्सेलोटीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। यसअघि मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई क्लबमा फर्काएको हो।

एन्सेलोटीले रियलसँग तीन वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२४ सम्म रियलको मुख्य प्रशिक्षक भएर ला लिगामा रहने छन्।

६१ वर्षीय एन्सेलोटी पछिल्लो समय इङ्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका थिए


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा