शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बायर्न छाड्ने लेवान्डोस्कीको संकेत, यि क्लबमा जाने संकेत !


  • मंगलबार, जेष्ठ १८ २०७८
16.5K
SHARES

रोबर्ट लेवान्डोस्की

यस सिजनबाट गोल्डेन बुट विजेता रोबर्ट लेवान्डोस्कीले जर्मनी क्लब बायर्न म्युनिख छाड्न सक्ने संकेत देखिएको छ । उनले आफु खुला विचारधाराको रहेको भन्दै क्लब छाड्ने संकेतलाई बढवा दिएका हुन् ।

रोबर्ट लेवान्डोस्की

उनलाई अनुबन्धन गर्न इंग्लिस क्लब चेल्सी र क्याटलान क्लब बार्सिलोनाले चासो देखाएको छ । भविष्यबारे सोधिएको प्रश्नमा ३२ वर्षीय लेवान्डोस्कीले कानल प्लससँग भने, ‘म खुल्ला विचारको हुँ । मलाई बायर्न धेरै राम्रो लागेको छ । शहर उत्कृष्ट छ, यो एक उत्कृष्ट क्लब हो । नयाँ भाषा, नयाँ संस्कृति सिक्न समेत इच्छुक हुन्छु । तर यो फुटबलमा हुनेछ वा मेरो करिअर पछाडि, मलाई पनि थाहा छैन ।’

रोबर्ट लेवान्डोस्की

बायर्नलाई लगातार नवौं सिजन जर्मन बुन्डेसलिगाको उपाधि जिताएका उनले एकै सिजन बायर्नमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाएका छन् । यस सिजन ४१ गोल गर्दै ४७ वर्षअघिको गर्ड मुलरले राखेको ४० गोलको कीर्तिमानलाई भंग गरेका थिए ।

लेवान्डोस्की २०१४ देखि बायर्नमा रहेका छन् । त्यसअघि उनी २०१० देखि २०१४ सम्म अर्को जर्मन क्लब बोरुसिया डर्टमुन्डमा रहेका थिए । लेवान्डोस्कीले बायर्नबाट ३२९ खेलमा २९४ गोल गरिसकेका छन् । उनले यो सिजन बायर्नबाट ४० खेलबाट ४८ गोल गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा