प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।
पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।
खेलको ४३औँ मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।