पाहुना टोली श्रीलंकालाई एक खेल अगावै हराउँदै बंगलादेशले तीन खेलको एक दिवसीय सिरिज जितेको छ ।
ढाकामा मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्धतिमा १ सय ३ रनले हराउँदै बंगलादेशले एक खेल अगाबै सिरिज कब्जा गरेको हो ।
बंगलादेशले दिएको २ सय ४७ रनको लक्ष्यसहित श्रीलंकाले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित भएपछि डीएल पद्धतीमा श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो । तर, श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो ।
जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।