विश्व फुटबलको सर्वोच्च संस्था फिफाले विश्वकप फुटबल दुई दुई वर्षमा आयोजना गर्ने तयारी गरेको छ ।
फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्ने तयारीका लागि अध्ययन थालेको छ ।
साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्न कति सम्भव छ भन्ने अध्ययन थालेको हो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र विस्तृत प्रस्ताव भनेका छन् ।
विश्वकप फुटबल चार/चार वर्षमा हुँदै आइरहेको छ । दोस्रो विश्व युद्धको कारण विश्वकप चार वर्षमा गरिदै आएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।