स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलको च्याम्पियन बायर्न म्युनिखले सिजनको सुखद अन्त्य गरेको छ ।
शनिबार राति भएको सिजनको अन्तिम खेलमा बायर्नले अग्स्बर्गलाई ५-२ गोलले पराजित गरेको हो ।
बायर्नलाई जित दिलाउन लेवान्डोस्की, सेर्जी जिनाब्री, जोसुवा किमिच र किग्सले कोम्यानले एक/एक गोल गरे ।
बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो । अग्स्बर्गका जेफ्रीले आत्मघाती गोल गर्दा आन्द्रे हान र फ्लोरिनले एक/एक गोल फर्काए ।
यस खेलमा एक गोल गरेसँगै लेवान्डोस्कीले जारी सिजन ४१औँ गोल पूरा गरेका छन् । उनले २९ लिग खेलमा ४१ गोल पूरा गरेका हुन् । यो सँगै एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान उनले कायम गरेका छन् ।
लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् । मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।