नेपाका स्टार लेग स्पिनर सन्दीप लामिछानेले कोरोना महामारीविरुद्ध लडाईमा आर्थिक सहयोग गरेका छन् ।
उनले यस महामारीविरुद्ध लड्न ३ लाख सहयोग गरेका छन् ।
सन्दीपले सोमबार ट्विट गर्दै कोरोनाविरुद्ध लड्न ’टिम सन्दिप लामिछाने’ अभियानको घोषणा गरेको जनाएका हुन् । उनले वर्षपनि कोरोना राहत कोषमा १ लाख सहयोग गरेका थिए ।
सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता समेत खोलेका छन् । सन्दीपले अभियानको शुरुवात गर्दै खातामा ३ लाख जम्मा गरेको समेत जनाएका छन् ।
उक्त अभियानबाट उठेको रकम स्थानीय निकाय, प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र, स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।