शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रियलका मिडफिल्डर टोनी क्रुस कोरोना संक्रमित


  • मंगलबार, जेष्ठ ४ २०७८
10.9K
SHARES

फाइल तस्बिर

स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

रियलले सोमबार आफ्नो क्लबका मिडफिल्डर टोनीको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको हो ।
जर्मनीका टोनी आफुमा कोरोना भाइरसको लक्षण देखिन थालेपछि मे १४ तारेखदेखी नै होम आइसोलेसनमा रहँदै आएको क्लबले जनाएको छ ।

कोरोना संक्रमण देखीएसँगै टोनीले अब ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने छन् । यसअघि टानीले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए ।
सो खेलमा रियलले एथ्लेटिकलाई १-० गोल अन्तरले पराजित गरेको थियो । यस सिजन रियलबाट ४२ खेल खेल्दै टोनीले टिमका लागि ३ गोल गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा