शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चेल्सीलाइ हराउँदै लेस्टर बन्यो एफए कपको विजेता


  • आइतबार, जेष्ठ २ २०७८
14.1K
SHARES

नाटकिय खेलमा चेल्सीलाई पराजित गर्दै लेस्टर सिटीले पहिलोपटक एफए कपको उपाधि जितेको छ ।

शनिबार राति लण्डनस्थित वेम्ब्ले स्टेडियममा सम्पन्न नाटकिय खेलमा एफए कपको फाइनलमा लेस्टर सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो ।

खेलको ८८औं मिनटमा चेल्सीका बेन चिल्वेलले गरेको गोलले मान्यता नपाएपछि लेस्टरले ५२ वर्षपछि सहभागिता जनाएको एफए कपको उपाधि नै जित्न सफल बन्यो ।

भिएआरको मद्दतमा रेफ्रले गोललाई परिक्षण गदौ चिलवेल अफसाइड पोजिसनमा देखा परेका कारण उनको महत्वपूर्ण गोलले मान्यता पाउन सकेन ।

जितसँगै ५२ वर्षपछि एफए कप खेलेको लेस्टरले पहिलोपटक एफए कपको उपाधि जित्न सफल भयो ।

लेस्टरले एफए कप उपाधि उचाल्ने क्रममा स्टोक सिटी, ब्रेन्टफोर्ड, ब्राइटन एण्ड हभ एल्बियन, म्यानचेस्टर युनाइटेड र साउथह्याम्प्टनलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

यसअघि लेस्टर सन् १९४९,१९६१,१९६३ र १९६९ मा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन ।

यता चेल्सीको एफए कप जित्दै च्याम्पियन्स् लिगको फाइनलमा उच्च मनोबलको साथ मैदानमा उत्रने चाहना अपूरो भएको छ । साथै ९औं पटक उपाधि जित्ने चाहना समेत पूरा हुन सकेन ।

खेलको ६३औं मिनटमा टिलिमान्सले गरेको गोल नै लेस्टरको जितको कारक बन्न पुगेको थियो । उनले गरेको लङ्ग रेन्ज प्रहारलाई चेल्सीका गोलकिपर अर्रिजाबलागाले अनुमान समेत लगाउन सकेनन् ।

यससँगै लेस्टरले १३७ वर्ष लामो इतिहासमा प्रिमियर लिग,लिग कप र एफए कप तिनवटै ठूला उपाधि जित्न सफल भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा