पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए फुटबलमा नयाँ रेकर्ड बनाएको खेलमा सासुओलोविरुद्ध युभेन्ट्सले सहज जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा सासुओलोलाई तीन शुन्यले हराउने क्रममा रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन् ।
रोनाल्डोले युभेन्टसका लागि कम खेलमा एक सय गोल पूरा गर्ने रेकर्ड बनाएका हुन् । युभेन्ट्सका लागि अरू दुई गोल राबियोट र पाउलो डिबालाले गरे । सासुओलोका लागि रास्पदोरीले एक गोल फर्काए ।
रोनाल्डोले एक सय ३१औँ खेलमा एक सय गोल पूरा गरेका छन । युभेन्टसमा अनुबन्ध भएको तीन सिजनमा नै उनले गोलको शतक पुरा गरे ।
यसअघि युभेन्टसका लागि दुई खेलाडीले एक सय गोल पुरा गरेका थिए । जसमा ओमार सिभोरी र रोबेर्टो बाजियो थिए । उनीहरुले पाँच सिजनमा एक सय गोल पुरा गरेका थिए ।
यसका साथै रोनाल्डोले तीन फरक क्लव र राष्ट्रिय टिमबाट एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले खेलका म्यानचेस्टर युनाइटेड, रियल मड्रिडबाट पनि गोलको शतक बनाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।