शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

आईपीएल क्रिकेट : केकेआरलाई हराउँदै राजस्थाको दोस्रो जित


  • आइतबार, बैशाख १२ २०७८
13.1K
SHARES

फाईल तस्बिर

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराईडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

वान्खाडे क्रिकेट स्टेडियममा कोलकाताले दिएको १३४ रनको लक्ष्य राजस्थान रोयल्सले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानका लागि कप्तान सन्जु श्यामसनले सर्वाधिक ४२ रन बनाए । डेभिड मिलरले २४ रनको योगदान गरे । यजस्वी जश्वाल र शिभम दुबेले समान २२/२२ रन जोडे ।

बलिङतर्फ कोलकाताका लागि भरुन चक्रवर्तीले दुई विकेट लिए । शिभम माभी र पर्सिघ कृष्णले एक/एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । कोलकाताका लागि राहुल त्रिपाठीले सर्वाधिक ३६ रनको योगदान गरे । २६ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, दिनेश कार्तिकले २५ रन बनाउँदा नितिस रानाले २२, प्याट कमिन्सले १० रन जोडे । कोलकाताका चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । जयदेव उण्डाखण्ड, चेतन साकारीय र मुस्ताफिजुर रहमानले एक/एक विकेट लिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा