शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

आईपीएलमा बैंगलोरको लगातार चौथौ जित


  • शुक्रबार, बैशाख १० २०७८
11.7K
SHARES

फाईल तस्बिर

इण्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वेन्टी क्रिकेटमा लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लेको छ ।

गएराति भएको खेलमा राजस्थानलाई १० विकेटले हराउँदै बैंगलोरले चौथो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना कुनै विकेटको नोक्सानीमा पूरा गर्‍यो ।

बैंगलोरको जितमा देवदत्त पडिक्कलले अविजित रहँदै १ सय १ रनको शतकीय इनिङ्स खेले । कप्तान विराट कोहलीले अविजित ७२ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

उसका लागि शिवम दुबेले सर्वाधिक ४६ रन जोडे । जितसँगै बैंगलोर ४ खेलबाट ८ अंक जोड्दै शीर्षस्थानमा उक्लेको छ ।

समान खेलबाट २ अंक मात्रै जोडेको राजस्थान अंकतालिकाको पुछारमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा