शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज मलेसियासँग खेल्दै


  • बिहिबार, बैशाख ९ २०७८
8.1K
SHARES

फाईल तस्बिर

त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् ।

त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर फाइनल अघि नेपाल मलेसियालाई हराउँदै दाबेदारी पेश गर्न चाहन्छ । ३ खेलबाट नेपालको ४ अंक छ । उता ४ वटै खेल खेलिसकेको नेदरल्याण्ड्स ५ अंकसहित शीर्ष स्थानमा छ ।

बुधबार भएको खेल टाई भएपछि नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेका थिए । मलेसियाको ३ खेलबाट १ अंक मात्र छ ।

नेपालले मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्ने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा