शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्याट्रियोटिक सेमिफाइनलमा


  • बुधबार, बैशाख ८ २०७८
8.9K
SHARES

तस्विरः फाइल

काठमाडौं, बैशाख ८ गते ।
एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा पराजयका बावजुद झापाको प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्याट्रियोटिक समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सो समूहबाट नेक्सस उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो । प्याट्रियोटिक र नेक्ससले समान २ खेल जितेपनि रनरेटका आधारमा प्याट्रियोटिक समूह विजेता बन्यो ।
एन्जल्स हार्ट नेसनल स्कुल र एन्जल्स हार्ट माविद्वारा संयुक्त आयोजित प्रतियोगितामा एन्जल्स बी ले प्याट्रियोटिकलाई ८ विकेटले पराजित ग¥यो ।
पहिले ब्याटिङ गरेको प्याट्रियोटिकले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै ११२ रन जोड्यो । सक्षम अर्यालले ३५ तथा हिमान्शु  गिरीले ३१ रन जोडे ।
जवाफमा एन्जल्स बीले १३.३ ओभरमा २ विकेट क्षतिमा आवश्यक ११३ रन जोड्यो । निशान गुरुङले ६४ तथा पुन्जल घिमिरेले २२ स्कोर गरे । निशान ‘म्यान अफ द म्याच’ घोषित भए । उनले २ विकेट पनि हात पारे ।
यससंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनलमा प्याट्रियोटिकको भेट जीएचसीए ‘बी’ संग हुने छ भने नेक्ससले ओसिस विरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल बिहीबार हुने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा